पदाधिकारी

ललित बहादुर कुँवर graphic

ललित बहादुर कुँवर

प्रमुख

पढ्नुहोस..

दानमति बम शाही graphic

दानमति बम शाही

उपप्रमुख

पढ्नुहोस..

सिता भण्डारी graphic

सिता भण्डारी

सदस्य

पढ्नुहोस..

प्रनाथ बि.क graphic

प्रनाथ बि.क

सदस्य

पढ्नुहोस..

लक्ष्मी सुर्बणकार graphic

लक्ष्मी सुर्बणकार

सदस्य

पढ्नुहोस..

चक्रा कुमारी रावत graphic

चक्रा कुमारी रावत

सदस्य

पढ्नुहोस..

पूर्ण बहादुर रावल graphic

पूर्ण बहादुर रावल

सदस्य

पढ्नुहोस..

द्धारिका प्रशाद उपाध्याय graphic

द्धारिका प्रशाद उपाध्याय

सदस्य

पढ्नुहोस..

नरेन्द्र बहादु कुँवर graphic

नरेन्द्र बहादु कुँवर

सदस्य

पढ्नुहोस..

अछाम जिल्लाको संक्षिप्त परिचय

उत्पत्ति र नामाकरण ऐतिहासिक पृष्ठभूमिको अध्ययनबिना कुनैपनि स्थान तथा ठाउँ विशेषको अध्ययन सधै अधुँरो हुन्छ । अछाम जिल्लाको पनि आफ्नै किसिमको ऐतिहासिक पृष्ठभूमि छ । यस जिल्लाको नामाकरणको सन्दर्भमा निम्न तीन किसिमका जनश्रुतीहरु पाइन्छन् । प्रथम, प्राचीनकालमा भारतीय मुगल साम्राज्यको चर्को दमन र उत्पीडन सहन नसकी त्यहाँबाट ठूलो संख्यामा हिन्दूहरू बसाइँ सर्न बाध्य भए । घुम्दै हिड्ने क्रममा उनीहरु तत्कालीन नेपालको नौखुवा (वर्तमान अछाम) पुगे । त्यसबेला नौखुवा प्रशस्त मीठो आँप पाइने स्थानको रुपमा परिचित थियो । अनुकूल हावापानी र प्रशस्त मीठो आँप पाइने भएको कारण घुमन्ते भारतीयहरुका लागि बसोबास गर्न उपयुक्त भएकोले उनीहरु नौखुवामा बस्न थाले । हिन्दी भाषामा आँपलाई अच्छा आम भनिन्छ । अच्छा आम अपभ्रंस हुँदै जाँदा प्रशस्त मीठो आँप पाइने नौखुवालाई 'अछाम' भनिन थालियो । दोस्रो, डोटी जिल्लाका ब्राम्हण खानदानका गोपाल खतिवडाका (भट्ट भनिनें) चार भाइछोराहरु थिए । उनका चार छोराहरु लल्ल, विलल्ल भाष र प्रभाष थिए । प्रभाषको प्रसिद्ध जुम्ली राजा देवचन्द्रकी छोरी हार्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे । पछि नौखुवा राज्य उनले विर्ता पाई नौखुवामा शासन गर्न थालेकाले उनीबाट जन्मेका छोरा राजा हुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकोले अचम्म शब्द अपभ्रंस हुँदै 'अछाम' भनिन लाग्यो । तेस्रो, अछामी राजाको मुलथलो बड्डी (बुढो) अछाम अर्थात हाल सेरा गाविसको क्वालेख भन्ने ठाउँमा थियो । त्यसपछि बान्नीगढी, पुनः क्वालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ । राणाकालीन अवस्थामा अछाम राज्य डोटी राज्यमा गाभिन गई खाद्यान्न आपूर्तिको केन्द्रको रुपमा रह्यो । पछि अछामको कैलासखोला पश्चिमको भू-भाग डोटी र पूर्वको भू-भाग दैलेख जिल्लामा गाभिन गएको पाइन्छ । वि.सं. २०१४/०१५ सालतिर यहाँका जनताहरुद्वारा तत्कालीन राजा महेन्द्र समक्ष छुट्टै जिल्ला घोषणा गरियोस् भनि बिन्तिपत्र चढाए बमोजिम राजाबाट माल बुझिदिनु भन्ने हुकुम भयो । तत्पश्चात २०१८ साल वैशाख १ गते अछाम नेपालको मानचित्रमा एउटा छुट्टै जिल्लाको रुपमा 'अछाम' अस्तित्वमा आएको पाइन्छ ।
थप पढ्नुहोस्